Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पाकिस्तानले साफ महिला फुटबल नखेल्ने


0
Shares

काठमाडौं, फागुन १२ । यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ ।

यसअघि सार्वजनिक भएको खेलतालिकाको समूह ‘ए’मा रहेको पाकिस्तानले नखेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि आइतबार एन्फाले खेलतालिका परिवर्तन गरेको छ ।

समूह ‘ए’मा अब नेपाल, भुटान र बंगलादेशलेमात्र प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

सार्वजनिक गरिएको नयाँ खेलतालिकाअनुसार नेपालले उद्घाटन खेल यही फागुन २८ मा भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा आगामी चैत २ गते बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगिताका सबै खेल विराटनगरस्थित सहिद रंगशालामा हुनेछन् । रासस