Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आज चैते दशैंः देवी भगवतीको पूजा आराधना गरी मनाईंदै


0
Shares

आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ ।

वर्षमा दुई पटक चैत र असोजमा मनाइने दशैंका अवसरमा गरिने दुर्गा पूजाको पनि विशेष महत्व छ ।

यस दिन घरघर र देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

चैते दशैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।