Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दमकल छ, चालक छैनन्


0
Shares

पाँच महिनाअघि प्राप्त दमकल नगरपालिकाको परिसरमा त्यत्तिकै थन्किएको हो ।

करीब ९५ हजार जनसंख्या र २४ हजार घरधुरी रहेको चौदण्डी गढी नगरपालिकामा प्रत्येक वर्ष आगलागीको जोखिम बढ्दै गएको छ ।

ठूलो क्षेत्रमा बन जंगल हुनु, हावाहुरीले पात खस्नु, घाँस दाउरा जाने र गोठालाले डढेलो लगाइदिने जस्ता कारणले अधिकांस काठका घरमा आगलागीको डर हुने गरेको छ ।

नगरपालिकाको मूख्यनगर क्षेत्रमा २५ प्रतिशत मात्र पक्की घर छन् भने नगरपालिकालगायत अन्य सेवा क्षेत्रमा खरका घर रहेका छन् ।

आगलागीबाट जोगाउन दमकल दुरुस्त अवस्थामा राख्न स्थानीयले माग गर्ने गरेपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।