Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु, आज रथजात्रा असन पुर्‍याइने


0
Shares

आज दिउँसो जमलको तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइने छ ।

यस वर्ष राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मच्छिन्द्रनाथ दर्शन गराउने व्यवस्था मिलाइएको छ ।

रथलाई तानेर असन पुर्‍याएपश्चात राष्ट्रपति भण्डारी दर्शनका लागि सहभागी हुने सेतो मच्छिन्द्रनाथ ११३७ ब्यवस्थापन समितिले जनाएको छ ।

असन पुर्‍याएको रथलाई सो ठाउँबाट हनुमाध्याखा हुँदै लगन टोलसम्म पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि टोलबासीले स्वागत गरी पर्वको रुपमा भोज खाने गरिन्छ ।

सेतो मच्छिन्द्रनाथको आमाका रुपमा स्वीकारेर लगन टोलमा अवस्थित रुखलाई तीन चक्कर परिक्रमा गरी टोलीबासीले पर्वको रुपमा “याः न्यायेकेगु” परम्परा सम्पन्न गर्छन् ।

आजबाट शुरु गरिएको रथजात्रा लगन टोलमा पुगेपछि सम्पन्न हुन्छ । सो ठाउँबाट देवतालाई रथबाट निकाल्दै खटमा राखेर न्हूघः, कोहिटी, भिमसेनस्थान हुँदै जनबहाल पुर्‍याइन्छ ।

सेतो मच्छिन्द्रनाथलाई जनबहाःद्यो, आर्यावलोकितेश्वर, करुणामयको रुपमा स्वीकार गरी पूजा गर्ने चलन छ ।