पोखरा, फागुन १२ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–१ ले हरायो ।
‘बाइ’ पाएर सीधै क्वार्टरफाइनल खेल्ने मौका पाएको आर्मी खेलको २७औं मिनेटमा हिमालयनका गोहा प्याट्रिकले गोल गरेपछि १–० ले पछि परेको थियो ।
त्यसपछि हिमालयन सुस्ताउँदा आर्मीले अन्तिम २० मिनेटमा ३ गोल गर्यो । ७१औं मिनेटमा नवयुग श्रेष्ठले बराबरी गोल गरेका थिए ।
त्यसको ८ मिनेटमै नवयुगले अर्को गोल थप्दै अग्रता दिलाए ।
इन्जुरी समयमा जर्जप्रिन्स कार्कीले गोल गर्दैै आर्मीलाई ३–१ ले जिताए ।
खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नवयुगले पाँच हजार रुपैयाँ पाए ।








प्रतिक्रिया दिनुहोस्