
काठमाडौं, फागुन १२ । गत शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयसहित देशका विभिन्न स्थानमा गराइएको बम विस्फोट तथा आगजनी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
उपत्यका आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूजा सिंहले कुनैपनि समूहले अहिलेसम्म औपचारिकरुपमा विस्फोटको जिम्मेवारी नलिएपनि सुरक्षा व्यवस्था कडा बनाएर घटनाको अनुसन्धान अघि बढाइएको बताइन् ।
मोबाइल सेवा प्रदायक एनसेल कार्यालयमा भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको थियो । घाइते दुईजनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्