
सार्वजनिक भएको एक महिनामै फिल्मले करिब ९४ अर्ब रुपैयाँ (९०० मिलियन डलर) कमाएपछि हलिउडमा हंगामा मच्चिएको छ ।
गत मार्च १७ का दिन सार्वजनिक भएपछि ‘ग्लोबल बक्स अफिस’बाट करिब ९४ अर्ब रुपैयाँ (९०० मिलियन डलर) कमाएर अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ गरिदिएपछि हलिउड बक्स अफिसको पहिलो नम्बरमा परेको छ ।
‘हलिउड बक्स अफिस’काअनुसार साना देशहरुबाट करिब सात अर्ब, ‘अन्र्तराष्ट्रिय बक्स अफिस’बाट ५० अर्ब र बाँकी घरेलु ‘हलिउड बक्स अफिस’बाट करिब ९४ अर्बरुपैयाँ (९०० मिलियन डलर) कमाउन सफल भएको हो ।
‘वर्ल्ड डिज्ने’ले निर्माण गरेको यस फिल्मबाट उनीहरुले करिब एक खर्बरुपैयाँ (१००० मिलियन डलर) कमाउने अनुमान गरेका छन् ।
पूर्णरुपमा उच्च ग्राफिक भिज्योलाइजेसनमा आधारित ‘ब्युटी एन्ड द बिस्ट’ एनिमेटेड फिल्म हो । यस फिल्ममा हलिउड कलाकार एम्मा बाट्सन बेल्लीको भूमिकामा र डान स्टेभेन्सले बिस्टको भूमिकामा देखिएका छन् ।
बिल कन्डनले निर्देशन गरेको उक्त फिल्म एलन मेनकनले संगीत दिएका छन् । फिल्ममा बिस्टको पिंजडामा पुगेकी एक स्वतन्त्र र सुन्दर बेल्लीले कसरी सबैलाई आफ्नो वशमा पार्छिन् र दया, प्रेममार्फत् आफ्नो आत्मालाई कसरी चिन्नुपर्छ भन्ने सिकाउँछिन् ।
विशेषगरी संगीत थिममा आधारित यस एनिमेटेड फिल्मले युवापुस्ताको स्वतन्तत्रालाई देखाउन खोजिएकोले युवापुस्तामाझ लोकप्रिय भएको निर्देशक बिल कन्डनले बताएका छन् ।
तर, हलिउड फिल्म समीक्षकहरुले फिल्मले नसोचेको व्यापार गरेपछि अचम्म मानेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्