बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन १२ । कैलालीको धनगढीमा ‘एजुकेसन फेयर’ आयोजना हुने भएको छ ।
नेक्सन एजुकेसन धनगढीको आयोजनामा ‘नेक्सन एजुकेसन फेयर तथा रोबोट प्रदर्शनी’ हुन लागेको हो ।
यही फागुन १४ र १५ गते धनगढीको शुभश्री प्यालेसमा एजुकेसन फेयर आयोजना हुने आयोजकले जनाएको छ ।
विदेश पढ्न जाने नेपाली विद्यार्थीले समस्या भोग्नुपरेको गुनासो बढेपछि उचित परामर्श दिन एजुकेसन फेयरको आयोजना गरिएको आयोजकको भनाइ छ ।
एजुकेसन फेयरमा विदेशमा हुने शैक्षिक पद्धति, शैक्षिक सुविधा, विदेशमा पढ्दा झेल्नुपर्ने चुनौतीहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गर्ने नेक्सन एजुकेसनका यज्ञराज अवस्थीले जानकारी दिए ।
सो अवसरमा रोबोट प्रदर्शनीसमेत हुनेछ ।
आयोजककाअनुसार विद्युतीय सामग्री तथा विभिन्न कलेजका विद्यार्थीहरुले बनाएका रोबोट प्रदर्शनीमा रहनेछन् ।
मेलामा नेपालसहित भारत, अष्ट्रेलिया, जापानलगायतका कलेजका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।
मेलामा हाल विश्व बजारमा धेरै विद्यार्थीहरुको रोजाइमा रहेका विषयहरुकाबारेमा विद्यार्थीहरुले जानकारी पाउने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्