३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


चन्द माओवादीका कार्यकर्ताले रविन्द्र शाहको ‘हत्या’ गरेको खुलासा


0
Shares

प्रहरीले चन्दा नदिएको भन्दै चन्द समूहका कार्यकर्ता डिल्ली भनिने डिलबहादुर राना र शिव भनिने ठगेन्द्रबहादुर सिंहलगायतले शाहको हत्या गरेको जनाएको हो ।

राना र सिंहलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरे पनि प्रहरीले हत्यामा संलग्न अरु फरार रहेको जनाएको छ ।

चैत १५ गते जाजरकोट खलंगामा चन्द समूहका कार्यकताले शाहसँग तीन लाख रुपैयाँ चन्दा मागेको र चन्दा नदिएपछि उनको हत्या गरिएकोे भेरी अञ्चल प्रमुख महेश विक्रम शाहले बताए ।

शाहको ढुंगाले हानेर निर्मतापूर्वक हत्या गरिएको थियो ।