Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (भिडियोसहित)


0
Shares

हरेक वर्ष चैत शुक्ल अष्टमीदेको दिन सुरु हुने रथयात्रा काठमाडौंको जमलबाट सुरु भएको हो ।

जनबहालस्थित मन्दिरबाट सानो खटमा मच्छिन्द्रनाथको मूर्ति राखेर नगरपरिक्रमा गराइसकेपछि जमलमा रहेको रथमा मूर्ति राख्ने गरिन्छ ।

मंगलबार बाजागाजासहित रथलाई सर्वसाधारणले तानेर असन लगेका थिए ।

सेतो मच्छिन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध धर्मावलम्बीहरुले जनबहाःद्यो, आर्यावलोकितेश्वर तथा करुणामय, शैव तथा नाथ सम्प्रदायले भगवान शिव र शाक्त सम्प्रदायले शक्ति स्वरुपाकोरुपमा पुज्ने गर्दछन् ।

रथलाई लगनटोलसम्म पुर्‍याइन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्