३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने बन अधिकृतसहित दुईजना पक्राउ


0
Shares

पक्राउ परेका दुई जनासहित ३६ जनामाथि अनुसन्धान भइरहेको बन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला बन कार्यालय गुल्मीमा कार्यरत सहायक बन अधिकृत रामकेबल यादव र तत्कालिन रङ्गपुर गाविसका पूर्व अध्यक्ष हरिनारायण बन्ठा पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला बन कार्यालय रौतहटले जिल्ला अदालत गौरबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

रौतहटको तत्कालिन रङ्गपुर गाबिस–५ मा रहेको राष्ट्रिय बनको १ सय २२ बिगाहा जमीन सर्लाही, ओखलढुङ्गा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोकसहित जिल्लामा बसोबास गर्ने २३ जनाको नाममा दर्ता गर्न सहयोग गरेको अभियोगमा अनुसन्धान थालेको हो ।

बन कार्यालय रौतहटका तत्कालिन अधिकृत रामकेबल यादबसहितको मिलोमतोमा नापी कार्यालयले ०७२ जेष्ठ ६ गते पूर्जा बितरण गरी फिल्ड बुक र नक्सा कायम गरेको पाइएपछि जिल्ला बन कार्यालय रौतहटले सो जमीनको दर्ता खारेज गर्दै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।