३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


सनुप र सुष्माको ‘आहा’मा फिरोज र जिनसको ठट्टा(भिडियो)


0
Shares

गाउँले परिवेशको दृश्य कैद गरिएको गीतको भिडियोमा केटाले केटी फकाउन हरहमेसा प्रयास गरिरहेको हेर्न झनै मजा आउँछ ।

लोक भाकाको मीठास दिने शब्दहरु ‘चौतारीमा बसेर ख्याल ठट्टा नगर, उडिहिँड्ने भँमरा के नै भर’ गीतमा स्वर दिंदा गायक सनुप पौडेल र गायिका सुष्मा राई सुमधुर सुनिएका छन् ।

शब्द, संगीत र स्वरलाई न्याय दिनेगरी निर्माण भएको भिडियोमा फिरोज तिमिल्सिनाले जिनस लामालाई फकाउन गरेको कोशिस खुबै रमाइलो छ ।

अन्ततः फिरोजको सपना जिनससँग पुरा भएको भिडियोमा प्रष्ट हेर्न सकिन्छ ।

‘आहा’ शिर्षक दिइएको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । सुमधुर स्वरका धनी सनुप र ईमेज एफएमकी चर्चित आरजे तथा गायिका सुष्माले मिठो स्वर दिएका छन् ।

सुषान्त गौतमको सङ्गीत र अनिल शर्माको रचना रहेको गीतलाई अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका छन । सुरेन्द्रमान सिंहको निर्देशनमा भिडियो तयार भएको छ ।

’पहिलो पिरती’, ’सम्झना आइदिन्छ’, ’दैब हे’ आदि सनुपका चर्चित गीत हुन् । सुष्माको ‘नबाँड है त्यो मन, नतोड है बचन’ बोलको गीत लोकप्रिय छ ।