स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रहबमोजिम सम्बन्धित व्यक्तिले आफूलाई पायकपर्ने जिल्लाका विभिन्न प्रहरीचौकीमा उक्त हतियार बुझाएका हुन् ।
प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलकाअनुसार प्रहरीचौकी कुन्छामा १८, धमिलीकुवामा एक, गिलुङमा एक र जिल्ला प्रहरी कार्यालयमा एकजनाले हतियार बुझाएका छन् ।
प्रहरीलाई बुझाइएका हतियारमध्ये सबै भरुवा बन्दुक रहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।
उनले निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने बताए ।
हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत् कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्