Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


‘उद्योग–व्यवसायमैत्री नीति चाहियो’


0
Shares

भैरहवा, फागुन १२ । रुपन्देहीका व्यवसायीहरुले उद्योग–व्यवसायमैत्री नीतिको माग गरेका छन् ।

उद्योग–व्यवसायमैत्री नीति बनाइएमात्र देश समृद्ध बन्ने धारणा उनीहरुको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६०औं वार्षिक साधारणसभामा बोल्ने व्यवसायीहरुले उद्योग–व्यवसाय नफस्टाएसम्म रेमिट्यान्सको भरमा आर्थिक गतिविधि अगाडि बढ्न नसक्ने तर्क गरे ।

प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न दुईतिहाइ बहुमतको सरकार केन्द्रित हुनुपर्ने बताए ।

संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले स्थानीय तहसँगको सहकार्यमा विकासका कामहरु समयमै सम्पन्न गर्न संघले आवाज बुलन्द गर्दै आएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–५ का अध्यक्ष गुणनिधि तिवारीले निजी क्षेत्रलाई ‘बाइपास’ गरेर सरकार अगाडि बढ्ने कोसिस गरिरहेको भन्दै चर्को ब्याजदरका कारण उद्योग–व्यवसाय सन्चालन गर्न गाह्रो भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।