Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


नेपालले पायो ६३ रनको लक्ष्य, नेरीले लिइन् ६ विकेट


0
Shares

काठमाडौं, फागुन १२ । आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ ।

थाइल्याल्यान्डको बैंककमा जारी खेल जित्न नेपालले ६३ रनको चुनौती पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनायो ।

उसका लागि मेरिना लम्पोलले सर्वाधिक १९ रन जोडिन् ।

बलिङतर्फ नेपालकी नेरी थापा एक्लैले ६ विकेट लिइन् । नेरीले ४ ओभरमा ८ रनमात्रै खर्चिएर ६ विकेट झारेकी हुन् ।

६३ रनको सामान्य लक्ष्य पाएको नेपालले आफ्नो ब्याटिङ थालेको छ ।

एसियाली समूहको छनोटमा नेपालको यो चौथो खेल हो ।

प्रतियोगिताका सुरुआती तीनमध्ये दुई खेलमा जित निकालेको नेपाल आयोजक थाइल्यान्डसित भने पराजित भएको थियो ।

एसियाली क्षेत्रीय छनोट प्रतियोगिताबाट ग्लोबल छनोटमा पुग्न नेपालले यो प्रतियोगिता जित्नुपर्ने हुन्छ ।

हालसम्म तीन खेलबाट ४ अंक जोडेको नेपाल प्रतियोगिताको चौथो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको थाइल्यान्डले ४ खेलबाट ८ अंक जोडेको छ । ५ खेलबाट ८ अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ ।