विज्ञानलाईसमेत चुनौती दिँदै बिनाअक्सिजन ८ फिट गहिरो जमिनमुनि बसेर उनी बुधबार बिहान १० बजे समाधिबाट निस्किएका हुन् ।
गत चैत १६ गते राति १० बजेर २ मिनेटमा उनी सुनसरीको चतराधामस्थित आफ्नै कुटीमा समाधिमा बसेका थिए ।
कृष्णदास समाधिमा बसेपछि हेर्न भक्तजनहरुको घुइँचो लागेको थियो । उनी समाधि बसेपछि बाकसमाथिको माटोमा जमरा उम्रिएको थियो ।
सिद्धबाबा कृष्णदास सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारको उपस्थितिमा समाधिबाट बाहिर निस्किएका हुन् ।
कृष्णदास यसअघि चतरामा पहिलोपटक र पोखरामा दोस्रोपटक ८ दिनसम्म यसरी समाधिमा बसेका थिए ।










प्रतिक्रिया दिनुहोस्