२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


पूजाको ‘प्रसाद खाँदा’ ५० जना बिरामी


0
Shares

स्थानीय नरसिंहबहादुर खड्काको घर प्रवेशको अवसरमा भएको पूजाको प्रसाद खाएका स्थानीयमा एकैसाथ झाडा–पखाला र ज्वरोसमेत आउँदा केही बिरामीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

बुधबार जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको टोली सदरमुकाम सिन्धुलीमाडीबाट घटनास्थलतर्फ गएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताएका छन् ।

घटनास्थलमा स्थानीय नागरिक समाज, प्रहरी र दुधौलीस्थित इलाका स्वास्थ्यचौकीले प्राथमिक उपचारको प्रयास जारी राखेको जनाइएको छ ।

पूजाको प्रसाद खाएका बिरामीहरुमा ‘फूड पोइजन’ भएको आशंका गरिएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम सिन्धुलीमाडीबाट ५० किलोमिटर पूर्वमा पर्दछ ।