हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार काठमाडौंको जमलबाट सुरु भएको थियो ।
बाजागाजासहित रथलाई सर्वसाधारणले तानेर असनबाट जनबहाल, इन्द्रचोक, मखनटोल हुँदै बुधबार हनुमानढोका दरबार परिसर पुर्याएका हुन् ।
सेतो मच्छिन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध धर्मावलम्बीहरुले जनबहाद्यो, आर्यावलोकितेश्वर तथा करुणामय, शैव तथा नाथ सम्प्रदायले भगवान शिव र शाक्त सम्प्रदायले शक्ति स्वरुपकोरुपमा पुज्ने गर्दछन् ।










प्रतिक्रिया दिनुहोस्