
जिल्ला अस्पतालसँगै पर्वतका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदुषित हावा हुरीसँगै खानेपानीसमेत दुषित हुने भएपछि बिरामीको संख्या बढेको हो ।
अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय २० जनासम्म भाईरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अरु समयमा ४० देखि ५० जना बिरामी आउने अस्पतालमा एक साता यता तेब्बर संख्या बृद्धि भएको अस्पतालले जनाएको छ ।
भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरका चार÷पाँच जना व्यक्ति उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा. बुद्धिबहादुर थापाले जानकारी दिए ।
१५ शैया क्षमताको अस्पतालमा विरामीको चाप बढेपछि ब्यवस्थापनमा समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्