कमला र गौमती नदीको संगमस्थल कमलामाईको उद्गम स्थलको संरक्षण र रेखदेखमा सरकारी तथा गैरसरकारी निकायले कुनै चासो नदेखाउँदा उद्गमस्थल ओझेलमा परेको हो ।
चुरे पर्वतको काखमा अवस्थित उद्गमस्थल आसपास क्षेत्रमा प्रशस्त रुपमा पानीका मुहान रहेका छन् । पौराणिक युगमा गंगा, काली, कमला र गौमती नामका देवीमध्ये कमलाले नदीको रुपमा सोही उद्गमस्थलबाट आफ्नो स्वरुप परिवर्तन गरेको किम्बदन्तीमा उल्लेख छ ।
चुरे पहाडको एकान्त र मनमोहक स्थानमा रहको कमला उद्गमस्थलमा दर्शनार्थीले तील चढाउन उचित मानिदैन र चढाईएको तीलसमेत कमला उद्गमस्थलमा बिज बनेर उम्रन नसक्ने दैवी शक्ति रहेको मानिन्छ । यहाँ कुनै मठ मन्दिर निर्माण हुन नसक्दा मूल ढुङगे मूर्ति, त्रिशुल सबै खुल्ला रुपमा छन् ।










प्रतिक्रिया दिनुहोस्