चितवनबाट ट्रकमा लगिएको एक भाले र एक पोथी गैँडालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको हो । शुक्लाफाँटा निकुन्जको रानीताल नजिक क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पदाधिकारी र निकुन्ज कर्मचारीबीचको रोहबरमा गैँडालाई छाडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख वेदप्रकाश ढकालले जानकारी दिए ।
ढकालका अनुसार भाले १५ र पोथी ९ वर्षीया गैँडा शुक्लाफाँटामा ल्याइएको हो । शुक्लाफाँटा निकुञ्जमा सन् २००३ मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको थियो । हाल शुक्लाफाँटामा ११ वटा गैँडा छन् ।










प्रतिक्रिया दिनुहोस्