Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राइनो ताल लोप हुने खतरा


0
Shares

सामुदायिक वन क्षेत्रभित्र पर्ने राईनो तालको संरक्षण गर्ने जिम्मेवारी पनि सोही सामुदायिक वनको हो । तर बजेट अभावको कारण देखाउँदै ताल संरक्षण गर्न कठिनाई भएको सामुदायिक वन समितिले जनाएको छ ।

सामुदायिक वन समितिका अध्यक्ष बेदबहादुर थापाले बजेट अभावका कारण ताल संरक्षणको काम हुन नसकेको भन्दै ६÷७ जना कर्मचारीलाई तलव दिनै समस्या भएको उल्लेख गरे ।

तालको उचित सरसफाई र संरक्षण नहुँदा यस क्षेत्रमा वनभोजमा जानेहरुले फालेको फोहोर पनि जताततै हुने गरेको छ । संरक्षणको जिम्मा पाएका वन कर्मचारीले संरक्षणमा चासो नदिएको स्थानीयको गुनासो छ । स्थानीय गैंडा, बाघ, मृग, चराचुरुंगीलगायत वन्यजन्तुलाई लक्षित गरेर ताल निर्माण गरिएको थियो ।

ताल सुख्खा भएपछि वन्यजन्तुले पानी खान र खेल्न पनि नपाएको स्थानीयको भनाइ छ ।