Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कुरुवा निधाएको मौकामा विरामीद्वारा अस्पतालमा आत्महत्या


0
Shares

वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौं तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो ।

महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताए । रासस