Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सन्धि संशोधन, पुनःलेखन वा पुनरावलोकनमा मतैक्यताको सहमति


0
Shares

बैठकपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली समूहका संयोजक पूर्वपराराष्ट्रमन्त्री भेषबहादुर थापाले द्विपक्षीय सम्बन्धका सबै पक्षका साथै उक्त सन्धिका सबै धारामा गहन छलफल भएको बताए ।

उनले भने, “सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकमा हामीले सबै पक्षलाई समेटेर सबै कुरा भन्यौँ, भारतीय पक्षले ध्यानपूर्वक हाम्रा प्रस्तुति सुनेको छ ।” बैठक सकारात्मक रुपमा अघि बढेको र निर्धारित दुई वर्षभित्रै निष्कर्षमा पुगिने विश्वास संयोजक थापाले व्यक्त गरे ।

समूहको चौथो बैठक आगामी मे २९ देखि ३१ सम्म देहरादुनमा आयोजना गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा गएर बैठक गर्ने सन्दर्भमा पनि दुवै पक्षबीच छलफल भएको संयोजक थापाले बताए । रासस