Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


फेरि जुर्‍यो राष्ट्रपति र पूर्वराजाको भेट, हृदयेन्द्रकोे ब्रतबन्ध-भोजमा ‘भीआइपी’को भीड


0
Shares

किनकी माघको पहिलो साता राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिशेष यादवसँग भएको विवाह समारोहमा राष्ट्रपतिले छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई आमन्त्रण गरेकी थिइन् ।

मुलुकमा गणतन्त्र स्थापना पश्चात पूर्व राजाले राष्ट्रप्रमुखलाई सम्भवतः पहिलो पटक भेटेको त्यही विवाह समारोह थियो । बिहीबार फेरि अर्को भेटको संयोग जुरेको छ ।

ज्ञानेन्द्र शाहले नाती हृदयेन्द्रकोे ब्रतबन्ध-भोजमा राष्ट्रपतिलाई विशेष निम्तो दिएर भेटघाटको अवसर जुराए ।

solti3

यही निम्तो मान्न काठमाडौको सोल्टी होटलमा बिहीबार राष्ट्रपति देखि भीआईपीहरुको भीड लाग्यो । भोजमा गणतन्त्रबादीहरुले राजतन्त्रको चर्चा गर्ने अर्को अवसर पाए ।

राष्ट्रपति भण्डारीले करिब डेढ घण्टा सोल्टीमा बिताएकी थिइन् । त्यहाँ उनले पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसँग पनि भलाकुसारी गरेकी थिइन् । त्यहाँ लञ्च गरेर उनी शीतलनिवास फर्केकी थिइन् ।

solti2

राष्ट्रपति भण्डारी, उप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेको राप्रपाका अध्यक्ष कमल थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत भोजमा सहभागि भए ।

त्यस्तै राजेश हमाल, शम्भुजित वासकोटा, मानिषा कोइराला लगायत सेलिब्रिटीहरुको पनि उपस्थिति रहेको थियो । पाहुनाका रुपमा पुगेका भीआइपीहरुलाई पुर्व राजा ज्ञानेन्द्र शाह, पुर्व युवराज्ञी हिमानी लगायत राजपरिवारका सदस्यहरुले स्वागत गरेका थिए ।

solti1

-तस्विरः राजकुमार थापाको फेसबुक