पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका अनुसार रामनवमीका साथै मौसममासमेत सुधार आएकाले देवीको दर्शन गर्न आउने दर्शनार्थी बढेका हुन् ।
पाथीभरा देवीको दर्शन गर्ने मूख्य सिजन दशैं, तिहार, चैते दशैं र बैशाख महिनालाई मानिन्छ । यसबेला देवीको दर्शनार्थी राजधानी काठमाडौं र ताप्लेजुङ नजिकका जिल्लाहरु पाँचथर, इलाम, झापादेखि देशभित्र र बाहिरका दर्शनार्थी पुग्ने गरेका छन् ।
पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले मङ्गलबारदेखि दैनिक दुई हजारभन्दा बढीले देवीको दर्शन गरिरहेको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्