Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


विदेशमोह त्यागेर गाउँमै तरकारी खेती


0
Shares

बागलुङ, फागुन १२ । गाउँका अधिकांश युवा रोजगारीका लागि विदेशतिरै गइरहेका बेला बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङका रुकमान पुरीले भने गाउँमै तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका छन् ।

१६ वर्ष भारतीय भूमिमा काम गरेर फर्किएका उनले तरकारी खेतीबाट पारिवारिक खर्च धानेर मासिक २० देखि ४० हजार रुपैयाँसम्म बचत गर्न सफल भएका छन् ।

विदेशमोह त्यागेर व्यावसायिक तरकारी खेतीमा लागेपछि उनको जीवनस्तर माथि उठेको छ । पुरीले साढे ३ रोपनी बारीमा अहिले बन्दा, काउली, आलु लगायतका मौसमी र बेमौसमी तरकारी लगाएका छन् ।

उत्पादित तरकारीलाई बजारको कुनै समस्या नभएको भन्दै उनले गाउँमा आउने पाहुनाले पनि किनेर लैजाने गरेको बताए ।