२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


हसिनालाई विमानस्थलमा मोदीको स्वागत


0
Shares

उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणकाक्रममा हसिनाले भारतका समकक्षी मोदी, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका उच्च राजनीतिक व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारत र बंगलादेशले नागरिक आणविक उर्जासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गर्ने तयारी भएको छ ।

भारत र बंगलादेशका सहरबाट एक–आपसमा आवत–जावत गर्नेगरी बस र रेलसेवा सुरु गर्नेबारेमा पनि दुबै देशले तयारी गरेका छन् ।

दुई देशबीचको व्यापार बढाउनेबारेमा पनि विभिन्न तहमा छलफल गर्ने तयारीका साथ हसिना चारदिने भ्रमणका लागि भारत आइपुगेकी हुन् । रासस/सिन्ह्वा