Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


टोटनह्याम हट्सपर पराजित


0
Shares

काठमाडौं, फागुन १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर पराजित भएको छ । गएराति भएको खेलमा टोटनह्यामलाई बर्नलेले २–१ ले हराएको हो ।

कठिन खेलमा बर्नलेलाई विजयी गराउन क्रिस उड र आस्ले बार्नसले एक–एक गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए ।

गएराति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई ४–१ ले हराउँदा न्यूकासल युनाईटेडले हडर्सफिल्ड टाउनमाथि २–० को जित निकाल्यो । यसैगरी बर्नमाउथ र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेले । 

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज आर्सनल र साउथह्याम्प्टन भिड्दा म्यान्चेस्टर युनाईटेडले लिभरपुलसँग खेल्नेछ ।