२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


स्वीडेनमा आक्रमण, कम्तीमा पाँचजनाको मृत्यु


0
Shares

स्वीडेनका सन्चारमाध्यमकाअनुसार शुक्रबार स्टकहोमको मुख्य भागमा रहेको एक स्टोरमा ठूलो लरी जोतिएपछि आक्रमणकारीहरुले गोली चलाएका थिए ।

स्टकहोमको ड्रोटिनीन्गाटन सडकमा स्थानीय समयअनुसार दिउँसो ३ बजे घटना भएको थियो ।

स्वीडीस प्रहरीले यस घटनालाई आंतकवादी संगठनले गरेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको उल्लेख गरेको छ ।

स्वीडीस प्रधानमन्त्री स्टीफन लोफवेनले आतंकवादीहरुले घटना घटाएको बताउँदै सबैलाई सर्तक रहन आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘यो आतंकवादको संकेत हो, सबैले प्रस्ट देखेका छन् ।’

बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनरले स्वीडेनको अर्को सहरमासमेत गोली चलेको र केहि मानिस हताहती भएको हुनसक्ने बताएका छन् ।

प्रहरीले अहिलेसम्म घटना कसले र किन गराएको भन्ने तथ्य बाहिर आउन नसकेको बताएका छन् । (एजेन्सी)