चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आज बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो ।
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत जगतपुरको हरियाली सामुदायिक वनमा चोरी सिकारीले मारेको अवस्थामा गैँडा फेला परेको जानकारी आएको अर्यालले जानकारी दिए ।
अहिले सो क्षेत्रमा निकुञ्जको टोली परिचालन गरिएको र विस्तृत विवरण भने आउन बाँकी रहेको अर्यालले बताए । रासस










प्रतिक्रिया दिनुहोस्