११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


काठमाडौंका ११ स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता


0
Shares

फाइल फोटो

स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकीकृत प्याकेज पुर्‍याउन सरकारले प्रर्वद्वन केन्द्र खोल्न लागेको हो

 स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा महानगर प्रमुख एवम् कार्यकारी अधिकृत इश्वरराज पौडेल र स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले शुक्रबार (हिजो) सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मन्त्रालय र महानगरपालिकाको साझेदारीमा पहिलो चरणमा महानगरपालिकाका ११ वटा वडामा स्वास्थ्य केन्द्र सुरु हुन लागको हो । यो सेवा आगामी ३ बर्षभित्रमा सबै वडामा विस्तार गरिसक्ने योजना मन्त्रालयले बनाएको छ ।

जनता स्वास्थ्य केन्द्रवाट नसर्ने रोगको नियन्त्रण, स्वास्थ जीवनका लागि वातावरणको नियमित अनुगमन, सरुवा रोगको रोकथाम तथा उपचार, प्राथमिक उपचार, प्रयोगशाला परीक्षण, मातृशिशु स्वास्थ्य एवं परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, खोप, पोषण, बालरोगको एकिकृत व्यवस्थापन, मानसिक रोगको परामर्श सेवा, यौन तथा प्रजनन परामर्श सेवा, वृद्धवृद्धाहरूका लागि परामर्श सेवा लगायतका परामर्श, परीक्षण र उपचार सेवा प्रदान गरिने छ ।

चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, मित्रनगर, डल्लु आवास, वालाजु, बाफलमा स्वास्थ्य केन्द्र खोल्ने तयारी भएको छ । त्यस्तै, चावहिल, कुलेश्वर लगायतका स्थानमा एक हप्ता भित्रमा सुरु गरिसक्ने मन्त्रालयले उल्लेख गरेको छ ।

केन्द्रवाट योग तथा शारीरिक व्यायामका कार्यक्रम समेत सञ्चालन गरिनेछ । रासस