Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


‘हाम्री चेली’ राजधानीका विभिन्न स्थानमा मन्चन


0
Shares

काठमाडौं, असार २१ । सडकनाटक ‘हाम्री चेली’ राजधानीका विभिन्न स्थानमा मन्चन गरिएको छ ।

चेतनामूलक ‘हाम्री चेली’ हालै चाबहिल, गौशाला, कालोपुल, गोंगबु, महाराजगन्ज, कंलकी, कोटेश्वर, नयाँबजार, रत्नपार्क, सुनधारालगायतका स्थानमा देखाइएको हो ।

नाटकमा रेस्टुरेन्ट तथा मनोरन्जन क्षेत्रमा काम गर्नेहरुका हक, हितका विषय उठान गरिएको थियो ।

रामकाजी घिमिरेको लेखन तथा शम्भु ढुंगानाको निर्देशन रहेको सडकनाटकमा कलाकारहरु विश्वदीप घिमिरे, जयराम सापकोटा, शान्ति दाहाल, सावित्री बस्नेत, समुन्द्र बानियाँ, शर्मिला बस्नेत, देवकी भण्डारी, सुमित्रा श्रेष्ठ, सरिता सिलवाललगायतको अभिनय रहेको थियो ।

सावित्री पन्त र सावित्री बस्नेतले सडकनाटकमा नृत्यनिर्देशन गरेका थिए ।