३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बौद्धमा क्याफेमा झगडा, सन्चालकसहितको कुटाइबाट एकको मृत्यु


0
Shares

शुक्रबार साँझ खानपिन भइरहेकाबेला क्याफे सन्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत ६ जनाले बौद्ध बस्ने पेम्बा शेर्पालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उनको उपचारकाक्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न क्याफे सन्चालक लामासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, लागुऔषध नाइट्रोभेट ५० पत्ता (एक हजार पाँचसय ट्याब्लेट)सहित प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सप्तरी इटहरि विष्णुपुल–८ का रुपेश यादव रहेको प्रहरीले जनाएको छ । रासस