
सप्तरी, फागुन ११ । बोल्न नसक्ने अपांगता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
कन्चनरुप नगरपालिका–५, पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कन्चनरुपले पक्राउ गरेको जनाएको छ ।
ललाइ–फकाइ कोसीटप्पु वन्यजन्तु आरक्षको जंगलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्