Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


थ्रेसर मेसिनमा च्यापिएर युवकको मृत्यु


0
Shares

पथरी–शनिश्चरे–७ स्थित मुक्तिचोक बस्ने १६ वर्षीय सन्दिप मण्डलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय एक व्यक्तिको घरमा राखिएको गहुँबालीमा थ्रेसर मेसिन लगाउने क्रममा अचानक थ्रेसरभित्र पस्दा उनी थ्रेसरबाट काटिएपछि मृत्यु भएको बताइएको छ । रासस