२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


एक लाख घुससहित पक्राउ


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, फागुन ११ । कपिलबस्तुमा एक लाख घुस रकमसहित विद्यालय ब्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । शनिबार दिउँसो कपिलबस्तु नगरपालिका–१ स्थित मालटोलमा एक लाख रुपैयाँ लिईरहेको अवस्थामा जिल्लाको यशोधरा गाउँपालिका–३ बसन्तपुरस्थित श्री कृष्ण धार्मिक माविका सदस्य विजयनाथ चौवेलाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिँदै गरेको भन्ने पूर्व सूचनाको आधारमा उनलाई घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन अन्तर्गत उनीमाथि कारवाही प्रक्रिया अगाडी बढाउने तयारी भईरहेको अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।