३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अमिर खानभन्दा कपिलको कमाई बढी ! को-को छन् कमाउने ‘कमेडियन’ ?


0
Shares

गत महिना हाँस्य कलाकार कपिल शर्मा र सुनिल ग्रोबरबीचको विवादले ‘द कपिल शर्मा शो’ नै बन्द हुने अवस्थामा पुगेको छ । भर्खरै मुख्य पात्र सिद्धु जी अर्थात नवोजित सिंह सिद्धुलेसमेत शो छोडिदिएका छन् ।

शो बन्द हुने अवस्थामा पुग्दासमेत शर्माले सोनी टेलिभिजनलाई एकाएक उनले लिने शुल्क ५० प्रतिशतले बढाएका छन् । उनले आउँदो वर्षको ‘द कपिल शर्मा शो’का लागि कुल १०६ करोड भारु माग्ने तयारीमा छन् ।

सुनिल गोब्बर, चंदन प्रभाकर र अलि असगरले ‘शो’ छोडे पनि उनको स्टारडमलाई कुनै फरक नपरेको कपिलको मागले देखाएको छ ।

हाल, कपिलले एक दिनका शुल्क ७५ देखि ८५ लाख भारु लिने गर्छन् । भारतीय आयकर विभागका अनुसार गत वर्ष उनले अमिर खानले भन्दा बढी आयकर बुझाएका छन् । उनले २० करोड भारु आयकर बुझाएका छन् । गत वर्षमात्रै उनको कमाई २०६ प्रतिशतले बढेको आयकर विभागले उल्लेख गरेको छ ।

कपिल शर्मा भारतीय टेलिभिजन शोमा एक दिनको शुल्क ७५ देखि ८५ लाख भारु लिएर सबैभन्दा महँगा भएका छन् । उनको स्टारडम् नम्बर १ मा छ ।

भारतीय कमेडी टेलिभिजन शोमा दोश्रो नम्बरमा कृष्णा अभिषेक छन् । उनको एक दिनको शुल्क ५३ लाख भारु रहेको छ । त्यस्तै तेस्रो नम्बरमा नेपाली मुलकी भारती सिंह रहेकी छिन् । सिंहले एक दिनको २८ लाख भारु लिन्छिन् भने ‘नचबलिए’ शोमा आफ्नो ब्वाइफ्रेण्डसँग रोमान्स गरेबापत प्रत्येक भागको छुट्टै ३० लाख भारु लिन्छिन् ।

कपिल शर्मासँग विवादमा रहेका सुनिल ग्रोबर भने एक दिनको शुल्क १८ लाख भारु लिएर कमाइको हिसाबले चौथो नम्बरमा परेका छन् ।

यस्तै, पाँचौ नम्बरमा सिद्धार्थ सागर छन् । सानै उमेरमा कमेडियन बनेका सागरले एक दिनको शुल्क १४ लाख भारु लिन्छन् ।