Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


भूकम्प पीडितलाई वितरण गर्ने जस्तापातामा खिया


0
Shares

साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको २६ करोड रुपैयाँ मूल्यको जस्तापाता वीरगञ्जस्थित नेपाल खाद्य संस्थानको खुल्ला चौरमा दुई वर्षदेखि भण्डारण गरेर राखिएको छ ।

सरकारको निर्णय अनुसार भूकम्पीडितहरुलाई वितरण गर्न साल्ट ट्रेडिङले २०७२ साउनमा भारतबाट वीरगञ्ज नाका हुँदै ३० लाख २० हजार ६ सय ६२ किलो तौलको ५० हजार बण्डल जस्तापाता आयात गरेको थियो ।

जस्तापाता वितरणका लागि पठाउन वा अन्यन्त्र ब्यवस्थित गरेर राख्न पटक पटक माथिल्लो निकायमा ध्यानाकर्षण गराइए पनि सुनुवाई नभएको साल्ट ट्रेडिङ कर्पोरेसन वीरञ्जका प्रमुख अमोज लामिछानेले बताए ।