स्थानीय देवेन्द्र बस्नेत संचालक रहेको फर्निचर उद्योगमा आगलागी हुँदा १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
उद्योगमा विद्युत चुहावट भई ग्याँस सिलिण्डर पड्केर आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेका मेसिनरी औजार, स्टील तथा काठका तयारी फर्निचर, लाखौं मूल्य बराबरको काठ लगायतको सामान जलेर नष्ट भएको छ ।
आगलागीबाट उद्योगसँगै जोडिएको स्थानीय डेके सुब्बाको घरको झ्याल तथा पक्की घरमा समेत केही क्षति पुगेको छ ।
उद्योगमा लागेको आगो साढे ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।










प्रतिक्रिया दिनुहोस्