३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बालिका बलात्कार अभियोगमा दुईजनालाई जेल सजाय


0
Shares

यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्डजरिवाना गर्ने फैसला गरेको छ ।

पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त राई र पाठकलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र दण्डजरिवानाको फैसला गरेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार ऋतबहादुर मगरले बताए ।

यस्तै राईलाई जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले आठ वर्ष जेलसजाय र रु १५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । पाठकलाई गत साउन १५ गते स्थानीय एक छिमेकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो भने राईलाई गत पुस २२ गते स्थानीय एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । (रासस)