फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना३च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन् ।
गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारकोक्रममा पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनी पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ माविमा कक्षा–११ मा अध्ययनरत थिइन् ।
बिहान घरबाट विद्यालय पढ्न आउँदै गर्दा बयरडाँडा भन्ने ठाउँमा अचानक गाडीबाट खस्दा उक्त दुर्घटना भएको हो ।
उक्त जिप र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्