मुलुकको शान्ति एवं मानवकल्याणार्थ आयोजना गरिएको महायज्ञको ‘जीउँदो देवी’कोरुपमा प्रसिद्ध जगत जननी पाथीभारा देवी माताले उद्घाटन गरेकी छन् ।
महायज्ञका लागि मन्दिर परिसरमा १ करोड २५ लाख रुपैयाँको लागतमा ४० हजार वर्गफिटमा बनाइएको विशाल मन्डपभित्र यज्ञशाला बनाइएको छ । जहाँ हवनकुन्डमा अग्नि प्रज्जवलन र पूजापाठ गरी प्रमुख अतिथि पाथीभारा देवी माताले महायज्ञको उद्घाटन गरेकी हुन् ।
महायज्ञस्थलमा नेपाल तथा भारतका ३ हजार ५ सय आचार्य एवं विद्वान पण्डितद्वारा पूजापाठ, हवन, श्रीभद्भागवत एवं श्रीदेवी भागवत कथाबाचनलगायतका धार्मिक कार्यक्रम भइरहेका छन् ।
महायज्ञमा भारत, हरिद्वारका चारै पीठका आचार्यहरुसमेत सहभागी भएका छन् ।
झन्डै २१ करोड खर्च हुने अनुमान गरिएको उक्त महायज्ञ नेपालमा पहिलो र विश्वमै पाँचौ भएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश एवं महायज्ञ आयोजक समितिका संयोजक महाकान्त ठाकुरले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्