Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अपहरण आरोपमा खरिदारसहित तीनजना पक्राउ


0
Shares

पक्राउपर्नेमा भद्रपुर नगरपालिका घर भइ जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत् खरिदार तेजेन्द्र न्यौपाने, सोही स्थानका प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीकाअनुसार उनीहरुले शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी खाली कागजमा हस्ताक्षर गराउँदै रु १५ करोड मूल्यपर्ने जग्गा प्रेम न्यौपानेका नाममा रजिष्ट्रेसन पास गराएका थिए ।

विष्टको नाममा दर्ता कायम रहेको अनारमनी–७ स्थित भद्रपुर रोडको १६९ र १७० कित्ता नम्बरको ५ कठ्ठा १६ धुर जग्गा उनीहरुले शरीर बन्धक बनाएर गत मागमा न्यौपानेको नाममा रजिष्ट्रेसन पास गरेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र सोमबार जिल्ला अदालत झापाबाट उनीहरुलाई मानव बेचविखन तथा शरीर बन्धक मुद्दामा म्याद थप गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए । रासस