Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिरहामा भीषण आगोलागीबाट कम्तीमा ४० ओटा घर जलेर नस्ट


0
Shares

स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगोलागीमा २५ परिवारको ४० घर जलेर नस्ट भइसकेको र आगोलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए ।

आगोलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के–कति धनजन क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

साँझ ५ बजेबाट सुरु भएको आगोलागी स्थानीयवासी र प्रहरी मिलेर निभाउने प्रयास जारी राखेपनि आगोलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि कुनैपनि बारुणयन्त्र आइनपुगेकाले आगो नियन्त्रणमा कठिनाइ भएको स्थानीय रामानन्द यादवले बताए । रासस