Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


खाद्य मेला सुरु


0
Shares

काठमाडौं, फागुन १० । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा हुँदै आएको खाद्य मेलाको चौथो संस्करण काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको छ ।

‘परम्परागत पोषिला र स्थानीय खाद्यपदार्थको प्रवद्र्धन गरौं : असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको खाद्य मेला आइतबारसम्म चल्नेछ ।

खानेबानी सुधारका लागि हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पाइने र प्रचलनमा रहेका पोषिला खाद्यवस्तु र परिकारहरुको प्रचार–प्रसार गर्नु मेलाको मुख्य उद्देश्य रहेको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारहरुको प्रवद्र्धन गर्ने एवं कृषकदेखि खाद्यउद्यमी, व्यवसायी र उपभोक्ताहरुलाई एकै ठाउँमा ल्याइ जानकारी दिन खाद्य मेला गरिँदै आएको विभागको भनाइ छ ।

मेलामा परम्परागत तथा स्थानीय उत्पादनमा आधारित परिकार, शिक्षण, पोषण, स्वास्थ्य, सम्बन्धित संस्थाका जानकारीमूलक एवं स्वदेशी खाद्यवस्तुका कुल ७५ ओटा स्टल रहेका छन् ।