Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


सनराइज बैंकले चिनियाँ मुद्रामा एलसी खोल्ने


0
Shares

काठमाडौं, फागुन १० । सनराइज बैंकले नेपाल–चीनबीच व्यापार सहजीकरणका लागि चिनियाँ मुद्रामा नै एलसी खोल्ने भएको छ ।

बैंक र नेपाल–चीन उद्योग वाणिज्य संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

सनराइज बैंकले बैंक अफ चाइनासँगको समझदारीमा चिनियाँ मुद्रामा एलसी खोल्न काम गर्न लागेको जनाएको छ ।

बैंकको यस्तो सेवाले नेपाल–चीन व्यापारलाई सहज बनाउने संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।