Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


आयल निगमको ‘अटोमेसन’ आवश्यक : कार्यकारी निर्देशक


0
Shares

काठमाडौं, फागुन १० । नेपाल आयल निगमले प्रणाली सुधारलाई प्राथमिकता दिएको जनाएको छ ।

निगमले आफ्नै नागरिक बडापत्रपनि जारी गर्ने जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको बताएका हुन् ।

निगमले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले निगमको प्रणाली विकास हुन नसकेकाले सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न नसकेको बताए ।

निगमसम्बन्धी नागरिक बडापत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि नयाँ बडापत्र जारी गर्ने तयारी गरेको उनले बताए ।

कार्यकारी निर्देशक पौडेलले निगमले हालसम्मकै उच्च पेट्रोलियम पदार्थ भन्डारण गरेको दाबीपनि गरे ।

निगमले आफ्नै पम्प सन्चालनको कामपनि गरिरहेको उनले बताए ।

उनले सडकको वर्गीकरणअनुसार पम्प सन्चालन गर्ने ठाउँको पनि वर्गीकरण गर्न नयाँ मापदन्ड बनाइएको पनि जानकारी गराए ।

निगममा व्यापक सुधारका लागि ‘अटोमेसन’मा जानुको विकल्प नभएको भन्दै सोहीअनुसार आफू अगाडि बढ्ने उनको भनाइ थियो ।