Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रत्येक नेपालीको स्वास्थ्य बीमा गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषदबाट अनुमोदन


0
Shares

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सबै नेपाली नागरिकको स्वास्थ्य बीमा गर्ने उद्देश्यले तयार पारिएको विधेयकलाई अनुमोदन गर्दै व्यवस्थापिका–संसदमा पठाउने निर्णय गरेको हो ।

यस्तै, बैठकले स्थानीय तहको निर्वाचनमा खटाइने ७५ हजार म्यादी प्रहरी नियुक्तिको प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई स्वीकृति दिएको सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

शिक्षा नियमावली परिमार्जनसहित मन्त्रिपरिषदमा पेस गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिनुका साथै उपत्यकाको प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनाउन मुख्यसचिवलाई निर्देशन दिएको छ ।

यस्तै, बैठकले नेपाली सेनाका लागि जहाज खरिद गर्न स्वीकृति पनि प्रदान गरेको छ ।