Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सन्दीपले लिए पहिलो खेलमै ३ विकेट


0
Shares

काठमाडौं, फागुन १० । नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिगको पहिलो खेलमै ३ विकेट लिएका छन् ।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले शुक्रबार भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध ३ विकेट लिन सफल भएका हुन् ।

पहिलो ओभरमा १८ रन खर्चिएपनि त्यसपछिका ओभरमा उनले लगातार विकेट लिन सफल भए ।

त्यसपछि दोस्रो ओभरमा उनले ७ रन दिएर १ विकेट लिए । जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए ।

त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले सोयब मलिकको विकेट लिन सफल भए । तर, उनले सो ओभरमा १५ रन खर्चिएका थिए ।

यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ‘ड्रप’ भएको थियो ।

सन्दीपले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल ‘डट’ गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई ‘क्याच आउट’ गरे ।

उनले चार ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए ।

आन्द्रे रसेल वेस्ट इन्डिजका विश्वचर्चित खेलाडी हुन् भने सोएब मलिक पाकिस्तानका चर्चित खेलाडी हुन् । रासस